arrow

नेविसंघले भन्यो, ‘स्ववियु निर्वाचन प्रत्यक्ष निर्वाचनमार्फत हुनु पर्छ’

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nebisangha-300x155.jpg.jpeg
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै हुनुपर्ने माग गर्दै त्रिवि सभासमक्ष ध्यानाकर्षण पत्र दर्ता गराएको छ । स्ववियु निर्वाचन प्रत्यक्ष प्रणालीमा हुनुपर्ने र उमेरको हदसमेत लागू हुनु नहुने मागसहित युनियनले सभासमक्ष बिहीबार ध्यानाकर्षण पत्र दर्ता गराएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । 
 
त्रिविले मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन अघि बढाउन खोजेकोमा आपत्ति प्रकट गर्दै नेविसङ्घले त्यसको विरोध गर्दै प्रत्यक्ष प्रणालीमार्फत नै निर्वाचन हुनुपर्ने माग गरेको हो । यस्तै, स्ववियु निर्वाचनमा उम्मेदवार बन्न लागू गर्न खोजिएको उमेर हद व्यवस्था लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेकाले त्यसको समेत युनियनले विरोध जनाएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
 
उमेर हदबन्दी राख्ने वा नराख्ने भन्नेबारे विद्यार्थी सङ्घसङ्गठन एकमत हुन नसक्दा त्रिवि स्ववियु निर्वाचनको मिति तय हुन सकेको छैन । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र नेकपा ९एमाले० निकट अनेरास्ववियु उमेर हदबन्दी लागू नगर्ने पक्षमा छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीलगायत केही सङ्गठन उमेर हदबन्दी लागू गर्ने अडानमा रहेका छन् । यद्यपि विद्यार्थी सङ्गठनको मतभिन्नताबीच त्रिवि वैशाखभित्रै निर्वाचन गराउने तयारीमा लागेको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ