कांग्रेसको माल्टामा पनि नेपाली जनसम्पर्क समिति स्थापना
प्रकाशित २०७६ माघ १२ आइतबार
725
Shares
माल्टा । माल्टामा नेपाली जनसम्पर्क समिति स्थापना भएको छ । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति संसारका धेरै देशहरुमा स्थापना भई सकृय रुपमा अगाडि बढी रहेको अवस्थामा पछिल्लो समयमा नेपाली जनसम्पर्क समिति माल्टामा स्थापना भएको छ।
सन्देश केसी संयोजक रहेको माल्टामा १५ सदस्यीय तदर्थ समिति रहेको छ ।
जसमा उपसंयोजक रेमलाल खनाल, महामन्त्री उज्वल केसी, सह–महामन्त्री निरज ढकाल, सह–महामन्त्री प्रकाश भन्डारी, कोषाध्यक्ष शंकर खत्री, प्रबक्ता बिकेस घिमिरे रहेका छन् ।
त्यस्तै सदस्इहरुमा रोशन गिरी, प्रकाश थापा, दिपक पोख्रेल, आकाश गुरुंग, राजेश पंगेनी र सफल खरेल रहेका छन् ।