arrow

मनाङे छुटे, गुरुङ हिरासतमै

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
manage-gurung.jpg

पोखरा । कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)  छुटेका छन् । शुक्रबार  मनाङेलाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको थियो ।

६ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश  जिल्ला प्रशासन कार्यालयले दिएको हो । सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखि अनुसन्धानपछि छोडिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा बोलाइएका मनाङेले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाईलाई  झापड हानेका थिए। गुरुङले  मनाङेबिरुद्ध  कुटपिट गरेको भन्दै मनाङेविरुद्ध कास्की प्रहरीमा उजुरी दर्ता गरेका थिए । गुण्डा नाइके हुदै सांसद बनेका मनाङे यस अघि पनि पक्राउ परेका थिए ।

यसैबीच प्रदेशसभा सदस्य गुरुङविरुद्ध उजुरी हाल्ने बैंकिङ कसुर गरेको अभियोगमा एन्फा अध्यक्ष गुरुङलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बैंकिङ कसुर गरेको अभियोगमा शुक्रबार दिउँसो गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

अध्यक्ष गुरुङले गत वर्ष पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको समयमा विभिन्न व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने रकम नतिरेको तथा रकम नभएको चेक जारी गरेको आरोप लागेको छ ।

सांसद मनाङेले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए। अध्यक्ष गुरुङका अनुसार मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले झापड हानेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ