arrow

रियाल मड्रिड अंक तालिकामा दोस्रो स्थानमा, बार्सासँग १ अंकको दुरी

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
Ronaldo_getafe.jpg.jpeg
काठमाडौं। ला-लीगा फुटबलमा रियाल मड्डरिडले गेटाफेलाई ५-१ गोलले पराजित गर्दै अंक तालिकामा बार्सिलोनासँग १ अंकको दुरी कायम गरेको छ। खेलको २९औं मिनेटमा करिम बेन्जेमाको गोलले अग्रता लिएको रियालले ४०औं मिनेटमा ईस्कोको गोलले २-०को अग्रत लिएको थियो। त्यसैगरि ५०औं मिनेटमा गारेथ बेलले गोल गरेका थिए। 
 
खेलको ८४औं मिनेटमा गेटाफेका पाब्लो साराबियाले गोल गर्दै खेल १-३को स्थितीमा पुर्‍याएका थिए। रेलिगेशन जोनमा रहेको गेटाफेलाई ८८औ मिनेटमा रियालका हामेस रोड्रिगेजले गोल गर्दै अर्को झट्का दिएका थिए। रियालका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ९०औं मिनेटमा आफ्नो टोलीकालागि ५औं गोल गर्दै खेल ५-१मा पुर्‍याएका थिए। 
 
३३ खेल खेलेको रियालको ७५ अंक रहेको छ भने ३२ खेल खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ। ३२ खेल नै खेलेको एथ्लेटिको मड्रिडको ७३ अंक रहेको छ।  रियाल भन्दा एक-एक कम खेल खेलेका बार्सा र एथ्लेटिकोले आ-आफ्नो खेल जितेमा रियाल फेरि तेस्रो स्थानमा रहने छ। 
 
एथ्लेटिकोले ग्रानाडाको सामना गर्ने छ भने बार्सिलोनाले भ्यालेन्सियासँग खेल्नेछ। राम्रो फर्ममा रहेको एथ्लेटिकोको सामना अंक तालिकामा १७औं स्थानमा रहेको ग्रानाडासँग अपेक्षित सजिलो हुनेछ। अंक तालिकाको १३औं स्थानमा रहेको भ्यालेन्सियासँग खेल्ने बार्सिलोनाको पछिल्लो केहि समय राम्रो बितिरहेको छैन्। संभवत: बार्साले आजको खेलमा जीत बाहेक अरु कुनै नतिजा रुचाउने छैन्।  त्यसैगरि एबारले रियाल सोसियादादलाई २-१ गोलले पराजित गरेको हो भने सेल्टा भीगो र रियाल बेटिसले १-१ गोलको बराबरी खेलेका थिए। 

यो पनि हेर्नुस् : ला लिगा रोचक मोडमा : बार्सिलोना रोकियो, रियाल मड्रिड उपाधि होड नजिक 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ