arrow

ईक्वेडरमा ७.८ म्याग्निच्युडको भुकम्प, २८को मृत्यु

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
ecuador-earthquake-508675.jpg.jpeg
एजेन्सी।दक्षिण अमेरिकी मुलुक ईक्वेडरमा ७.८ म्यागनेच्युडको भुकम्पले कम्तिमा २८ जनाको ज्यान गएको त्यहाँका उपराष्ट्रपतिले संचार माध्यमहरुलाई बताएका छन्। 
 
राजधानी क्विटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउँदै ७.८ रेक्टर स्केलको भूकम्प गएको हो।
 
समुन्द्रि तटलाई खाली गर्ने कार्य शुरु भएको र शंकटकाल घोषणा गरिएको बताईएको छ। सुनामीको खतरालाई मध्यनजर गर्दै समुन्द्री तटबाट मानिसहरुलाई हटाउने बताईएको छ। 
 
भूकम्पले बढी प्रभाव पारेको र क्षति गरेको ६ प्रान्तमा सरकारले संकटकालको घोषणा गरेको छ ।  
 
घरहरुमा क्षती पुगेको छ भने बिजुली आपुर्ती पुरै बन्द भएको बताईएको छ। राजधानी शहर क्विटोमा कुनै क्षती र घाईते भएको समाचार नरहेको पनि बताईएको छ। 
 
ग्वायाकील बन्दरगाह शहरमा रहेको एउटा फ्लाइओभरमा क्षतिग्रस्त भएको र अन्य क्षेत्रमा घरहरुमा क्षति पुगेको विवरण प्राप्त भएका छन्।
 
प्यासिफिक सुनामी वार्निङ् सेन्टरले केन्द्रविन्दुको ३०० किलोमिटर क्षेत्रभित्र भयानक तरङ्ग उठ्ने संभावना औंल्याएको छ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ