arrow

मगन्ते तह लगाउन सभापतिको माग

logo
प्रकाशित २०७६ माघ १३ सोमबार

पोखरा । गण्डकी प्रदेशसभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय सहर पोखराको सडकका मगन्ते नियन्त्रण गर्न माग गरेका छन् ।

सोमबार गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशनको सातौ बैठकको विशेष समयममा बोल्दै सभापति कोइरालाले पोखराको मुख्य मुख्य चोकहरु र पर्यटकीय क्षेत्र लेकसाइडमा मगन्तेहरुको कारण पोखराको सन्देश बाहिर राम्रो नगएको बताए ।

पोखरा शुन्दर छ भन्दै धेरै देशका पर्यटक पोखरा आएका छन् तर मगन्तेहरुले नाङगै बसेर पर्यटकलाई पच्छाउने, रुने, पैसा माग्ने जस्ता क्रियाकलाप गर्दा देशकै इज्जत जाने गरेको बताए ।

 पोखरामा यसरी माग्न बस्नेहरु ९० प्रतिशत भारतीय नागरिक रहेको भन्दै कोइरालाले सडकका मगन्तेलाई नियन्त्रण गर्न सभामुख मार्फत प्रदेश सरकारसंग माग गरे ।

वेलैमा नसोच्ने हो भने यसले विकराल रुपलिन सक्ने भएकोले सवै सचेत हुनुपर्ने उनको भनाई थियो । पोखरा घुम्न आउने पर्यटकले आफ्नो देशमा पुगेर पोखराको बारेमा दिने सकारत्मक, नकारात्मक सन्देशले त्यस देशबाट नेपाल घुम्न आउने नआउनेको सख्यामा घटी बढी हुन सक्ने भएकोले सानो सानो कुरामापनि ध्यान दिन आग्रह गरे ।  

प्रदेश सरकारलाई पोखरा महानगर पालिकासंगको सहकार्यमा सडकबाट मगन्ते हटाउन आग्रह गरे ।

कोइरालाले भिजिट भिजामा आएका पर्यटकले लेकसाइडमा ब्यपार गरेको कुरा आफुले सदनमा यस अगाडी उठाएको स्मरण गराउदै प्रदेश सरकारले चासो दिएर हटाउने कार्य गरेको पनि बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ