arrow

पाँच वर्षसम्म न सरकार फेरिन्छ, न मन्त्री : मुख्यमन्त्री राउत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १३ सोमबार
lalbabus1.JPG

निरंजन कुमार साह,जनकपुरधाम।  प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दावी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश  नम्बर दुईको प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले भने, ‘ हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्षसम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरि रहेको बोल्दै  मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे।

एक अर्को प्रसंग मा मुख्यमन्त्री राउतले भने यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्दै  मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नम्बर दुई  माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा नअल्झिने बताए ।
 
मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून समस्याहरु आएकोले ढिलो हुन गए पनि अवको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने र्तैयारी शुरु भै सकेको स्पष्ट पारे।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नम्बर दुई का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियर्संहरुको सेवा सुविधानको लागी प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ