कृष्णले कृष्णालाई चल्न माया चल् भनेपछि (भिडियोसहित)
प्रकाशित २०७६ माघ १४ मंगलबार
532
Shares
काठमाडौं । गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । ‘चल्न माया चल्’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो ।
यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुनः संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।
शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडिएस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ ।
भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।
बजारमा आएको छोटो समयमा नै गीत ले चर्चा पाएको छ। गीतमा प्रयोग गरिएको देउडा शैलीको प्रयोगलाई अत्यधिक रुचाइएको छ।