arrow

खुल्यो तातोपानी नाका

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
tatopani-border.jpg.jpeg
चौतारा। भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ।
 
करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए।
 
गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन्। “करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ” उनले भने। उक्त सामान नेपाल भित्रिएपछि रु दुई करोडदेखि रु तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ