arrow

मदन–आश्रित पत्रकारिता पुरस्कार चयन समिति गठन

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
Madan-Bhandrai-and-Jibraj.jpg.jpeg
काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित मदन–आश्रित पत्रकारिता पुरस्कार चयनका लागि साहित्यकार तथा पत्रकार नारायण ढकालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ।
 
प्रत्येक जेठ ३ गते (मदन–आश्रित स्मृति दिवस)को सन्दर्भमा वितरण गरिने पुरस्कार चयनका लागि ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहेको समिति गठन गरिएको हो। पुरस्कारको राशि रु पचास हजार छ।
 
सो विभागका प्रमुख योगेश भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका योगदानलाई चिरस्थायी गर्न, पार्टीकोे मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज)का बारेमा थप अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिन यो पुरस्कारको स्थापना गरिएको जनाइएको छ। पुरस्कारका लागि यो वर्ष प्रवासी नेपाली मञ्च मलेसियाले पुरस्कारको सौजन्य गरेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ