डीडीसीबाट डेढ करोड रुपैयाँको दुग्धजन्य पदार्थ गायब
प्रकाशित २०७६ माघ १५ बुधबार
870
Shares
काठमाडौं । कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान डीडीसीबाट पछिल्लो समयमा डेढ करोड रुपैंयाँको विभिन्न उत्पादन गायब भएको छ ।
पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धूलो दुध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो ।
डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना वितिसक्दा पनि कारवाही गर्नुको साटो पुरस्कृत गरिएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले बुधबार प्रकाशित गरेको समाचारअनुसार डीडीसीले अध्ययन प्रतिवेदन गुपचुप राखेको छ । डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट) गायब पारिएको छ ।
यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँचसय किलो धूलो दुध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयार घिउ हिनामिना भएको छ ।
अन्नपूर्ण लेख्छ –अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो आठ सय रुपैयाँ, ठोस पदार्थको प्रतिकिलो पाँच सय ७५ र तयारी घिउको बजार मूल्य करिब आठ सय ५० रुपैयाँ पर्छ।