arrow

लाजिम्पाटमा यसरी गफिए रामचन्द्र र प्रचण्ड

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
paudel-&-prachand.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच समसामयिक विषयमा कुराकानी भएको छ । दाहाललाई भेट्न लाजिम्पाट पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सरकारमा जानेबारे भने कुरा नझिकेको सहयोगि चिरन्जिवी अधिकारीले जानकारी दिए । 
 
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका दाहालले पटक–पटक राष्ट्रिय सहमतिको सरकारको कुरा उठाउँदै प्रमुख विपक्षी कांग्रेसलाई समेत सरकारमा ल्याउन आफुले प्रयत्न गर्ने बताउँदै आएका छन् । यद्यपि, कांग्रेस नेताहरु वर्तमान सरकार नजाने बरु आफ्नै नेतृत्वको सरकार गठन गर्न सकिनेमा पुगेका छन् । त्यसका लागि गृहकार्य सुरु भइसकेको स्रोतले बताएको छ । बाहिर भने, कांग्रेस नेताहरुले आफुहरु तत्काल सरकारमा नजाने र बलियो विपक्षीको भूमिका निर्वाह गर्ने बताउँदै आएका छन् । 
 
पौडेलका सहयोगि अधिकारीका अनुसार भेटमा संविधान कार्यान्वयन र मधेसको समस्या, आपूर्तिमा देखिएको समस्या समाधान र पुनःनिर्माणको कार्यलाई गति दिने विषयमा कुराकानी भएको हो । पौडेलले दाहाललाई तपाईहरु सरकारमा रहेकाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानमा गम्भीर हुनुस् भनेका थिए । दाहालले संविधान कार्यान्वयन लगायत समसामयिक राजनीतिक समस्याहरु सुल्झिाउन सबै लाग्नु पर्ने बताए । संविधान कार्यान्वयन  चुनौती भएकाले यसमा सबैले सहयोग गर्नु पर्नेमा दाहालको जोड थियो । नेता पौडेलले सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्नेमा सहमति जनाउँदै वर्तमान समस्याहरु सुल्झाउन सत्ताधारीहरुनै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ