arrow

इक्वेडर भूकम्पमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
इक्वेडर.jpg.jpeg
क्विटो । इक्वेडरको तटिय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार सो भूकम्प ७.८ रिक्टर स्केलको रहेको छ । हालसम्म यस भूकम्पमा परी कम्तीमा ७७ जनाको मृत्यु भइसकेको उप राष्ट्रपति जर्ज ग्लासले बताए । स्थानीय समयअनुसार शनिबार साँझ १८:५८ मा आएको सो भूकम्प मुलुकको उत्तरपश्चिम तटिय क्षेत्रको आसपास इलाकामा १९ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको समेत युएसजिएसले जनाएको छ । 
 
इक्वेडर सरकारले राष्ट्रव्यापी सङ्कटकालको घोषणा गर्दै पूर्वगठित सङ्कटकालीन उद्धार समितिलाई तत्काल क्रियाशील बनाएको छ । यता सरकारी निकाय इक्वेडर इन्स्टिच्युट अफ जियोफिजिक्सले भने सो भूकम्प ६.५ रिक्टर स्केलको र केन्द्रविन्दु भूसतहबाट १० किलोमिटरको गहिराइमा रहेको जनाएको छ । राजधानी क्विटो भूकम्पको केन्द्रविन्दुबाट १७० किलोमिटर मात्र टाढा रहेको र ४० सेकेन्डसम्म ठूला कम्पन महसुस गरिएको थियो । 
 
भूकम्पले विद्युत तथा टेलिफोन आपूर्ति ठप्प पारेको, सबैभन्दा ठूलो तटियनगर ग्वायाकिलमा एउटा फलाईओभर सडक भत्किएर गुडिरहेको एउटा कारमाथि बज्रिएको र एउटा सुपर मार्केटको छानो खसेको जनाइएको छ । त्यस्तै तटियनगर मान्टाको विमानस्थलको कन्ट्रोल टावरमा व्यापक क्षति हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो । 
 
भूकम्प गएको घन्टौसम्म ५.६ रिक्टर स्केलसम्मका सयौँ साना ठूला झड्का आइरहेका थिए । ज्वालामुखी विस्फोटमा र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ