arrow

अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
krihna-prasad-adhkari-chitwan-district-court1.jpg.jpeg
चितवन। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आजदेखि जिल्ला अदालत चितवनमा सुरु भएको छ।
 
अपराह्न १२:३० बजेदेखि वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु गरिएको अदालतनका स्रेस्तेदार विद्याराज पौडेलले बताए। सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका बेला कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो। फुजेल–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमा कर्तव्यज्यान मुद्दा चलिरहेको छ।
 
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो।
 
जिल्ला अदालत चितवनले गत साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो। दुई जना अदालतको सम्पर्कमा आएका थिएनन्। तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो। सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो।
 
त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि गत पुस ६ गते अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो। पौडेल फरार छन्। जिल्ला अदालत चितवनले सर्वोच्च अदालतको आदेशअनुरुप आजदेखि साक्षीको बकपत्र सुरु गरेको हो।
 
किटानी जाहेरी परेकामा छविलाल सहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ