arrow

'विकासको सट्टा बर्बादी'

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
gagan-thapa8.jpg

सुनसरी । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार कांग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले सरकारले देशलाई विकासको सट्टा बर्बादीतर्फ लगेको आरोप लगाए ।

बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ