arrow

प्रधान सेनापतिलाई भेट्न अमेरिकी सेनाका कमाण्डर पुगे जंगी अड्डा

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
bhet-jangi-adda.jpg.jpeg
काठमाडौं । प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्री र अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय विशेष अभियान कमाण्डका कमाण्डर रियर एडमिरल किल्राइनबीच भेटवार्ता भएको छ । आइतबार जंगी अड्डा पुगेका कमाण्डर किल्राइनले शिष्टाचार भेटघाट गरेका हुन् ।  
 
भेटघाटको क्रममा प्रधान सेनापति क्षत्री र कमाण्डर किल्राइनबीच द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालले जनाएको छ । प्रधान सेनापति क्षत्री पछिल्लो समय भेटघाट र भ्रमणमा निकै व्यस्त हुने गरेका छन् । प्रधानसेनापति क्षेत्री केही दिन अघि एक साता लामो चीन भ्रमणबाट फर्किएका थिए । 
 
मधेस आन्दोलन चर्किरहेकै समयमा सेनापति क्षत्रीले गरेको भारत भ्रमण र भारतीय पक्षले देखाएको चाँसोका विषयमा निकै चर्चा भएको थियो । क्षत्री नेपाल पुग्नु अघि ५ महिनादेखि बन्द वीरगन्ज नाका खुल्दा नेपालको प्रशासनिक, राजीतिक एवं कुटनीतिक क्षेत्र आश्चर्यचहकित भएको थियो, भने क्षत्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । सो समय देखि क्षेत्रीसंग कुटनीतिक र शिष्टाचार भेट गर्नेहरु खालि भएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ