arrow

कोरोना भाइरस विरुद्धको खोप बनाउन होड

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
corona-korean-president.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । यसलाई रोक्न तत्काल सकिने अवस्था पनि छैन । बिहीबारसम्म कम्तीमा १७० जनाको ज्यान गइसकेको छ भने ८ हजारको संख्यामा संक्रमित छन् । 

विश्वका दुई दर्जन देशमा फैलिसकेको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् । 

“हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन् ।”

कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले जानकारी दिए । 

चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नु पर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए । 

विश्वका अन्य देशहरु पनि कोरोना विरुद्धको खोप बनाउने होडमा छन् । अष्ट्रेलियाले परीक्षण गरिरहेको छ । अमेरिका पनि सक्रिय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ