arrow

म्याग्दीमा लागुऔषध सहित दुई जना पक्राउ

logo
निर्मल खत्री,
प्रकाशित २०७३ वैशाख ५ आइतबार
churesh-Myagdi.jpg.jpeg
म्याग्दी। जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ। पोखरा उपमहानगरपालिका–६ कास्कीका मनिष अधिकारी र आर्थर डाँडा– ५ पर्वतका कृष्ण रानालाई लागुऔषध (डाईजापाम) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका म्याग्दीले जानकारी दिएको हो। 
 
शनिवार बेनी स्थित बसपार्क नजीकैको एक होटलमा बसेका उनीहरुलाई गोप्य सुचनाको आधारमा खानतलासी गर्दा ठुलो परिमाणको लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी नायक उपरिक्षक बिश्वराज खड्काले बताए।
 
उनीहरुबाट डाईजापाम ईन्जेक्सन २९ थान, लुपिजेसि ईन्जेक्सन २८ थान, फेनरिगन  २५ थान र  गाजाँ ५ ग्राम बरामद गरीएको र थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
उनिहरुले लागुऔषध वितरणको लागि राखेको हुनसक्ने प्रहरीको भनाई छ। लागुऔषध सहित पक्राउ परका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। पक्राउ परेका दुवै जना सवारी साधनमा काम गर्ने सहयोगी रहेको र बेनीसम्म लागुऔषध ल्याउने अन्य व्यक्तिहरुको समेत संलग्नता रहेकाले उनीहरुको खोजी भईरहेको प्रनाउ खड्काले बताए।
 
बेनीमा लागुऔषध ओसार-पसार र केही युवाहरुको समुहले सेवन गर्ने गरेको सुचना प्राप्त भएको र यसको ओसार पसारलाई नियन्त्रण गर्न सकेमा सेवनकर्ता आफै घटने रणनीति अनुसार प्रहरी लागुऔषध नियन्त्रण अभियानमा लागेको प्रनाउ खड्काले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ