arrow

कर्मचारीलाई चुनाव लागेपछि सिंहदरबार सुनसान

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
singadubar-office.jpg.jpeg
काठमाडौ। आसन्न नेपाल निजामती कर्मचारीहरूको आधिकारिक निर्वाचनमा सबैकर्मचारीहरू केन्द्रीत हुँदामुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान भएको छ। बैशाख १० गते हुन लागिरहेको नेपाली निजामतिहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि आफ्नो पक्षको संगठन जिताउन लबिईङ गर्दै हिँडेपछि आईतबार सिंहदरकबारका अधिकांश कार्यालयहरू सुनसान थिए। 
 
आईतबार दिउँसो तीन बजेतिर पुग्दा उर्जा मन्त्रालयका हरेक कार्यालयका कर्मचारीहरूको नाम लेख्ने ‘नेमप्लेट’ ले अधिकांश कर्मचारी भित्र रहेको जनाईरहेको थियो। सबैमा भित्र लेखिएको भएपनि सुनसान जस्तो अनुभव गरेर एउटा ढोका खोल्दा भित्र लेखिएका व्यक्ति मात्रै होईन कोही पनि त्यहाँ थिएनन्।
 
त्यसपछि जतिपनि ढोका खोलेर कर्मचारीहरू हेरियो ‘भित्र’ लेखिएका अधिकांश कर्मचारीहरू त्यहाँ थिएनन्। त्यसपछि हामीले हेरेका चार मन्त्रालय शिक्षा, भौतिक, कृषि विकास तथा स्थानीय विकासका पनि अधिकांश कर्मचारीहरू कार्यालयमा थिएनन्। ‘कर्मचारीहरू कता गएका छन्’ भन्ने प्रश्नमा त्यहाँ रहेका एक कर्मचारीले भने ‘चुनाव लागेको छ अब १० गतेसम्म तपाईले कर्मचारी भेटन मुस्किलै पर्ला।’
 
अहिले ट्रेड युनियन निर्वाचन आउनै लाग्दा कर्मचारीहरू भने आफू समर्थित कर्मचारी संगठनको लागि भोट माग्न घरदैलो अभियानमा लाग्दा कर्मचारीहरू अहिलले कुनै पनि कार्यालयमा बस्ने गरेका छैनन्। नेपालको इतिहाँसमा नै पहिलो पटक हुन लागिरहेको सो निर्वाचनको लागि विशेषतः अधिकृत तथा अधिकृत तहका कर्मचारीहरू संलग्न हुन पाउने भएपनि आफ्नो पक्षधर संस्थाको लागि लबिईङ गर्नको लागि उपसचिव तथा सहसचिबहरू समेत खुल्लमखुल्ला चुनाव प्रचारप्रसारमा लागिरहेको छन्। यसले गर्दा मुख्य प्रशासनिक भवन मात्रै होईन सिंङ्गो निजामति कर्मचारीहरू रहने सरकारी कार्यालयहरू समेत सुनसान बन्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ