arrow

चालक अनुमतिपत्रको फाराम बन्द

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
Smart-Card-Driving-License-300x186.jpg.jpeg

काठमाडौं । यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ ।

 अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ ।

विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ ।

 विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ