arrow

लोकेन्द्रबहादुरले घुर्क्याएरै छोरालाई वाणिज्य मन्त्री बनाए

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
jayanta-chand-commerce-minister.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले राप्रपा नेपालको भागमा परेको मन्त्री नियुक्त गरेका छन् । राप्रपा सांसद जयन्त चन्दलाई प्रधानमन्त्री ओली वाणिज्यमन्त्री नियुक्त गरेका हुन् । ललितपुरबाट समानुपातिक सांसद रहेका चन्द पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् । 
 
मन्त्री नियुक्त भएलगत्तै चन्दले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबारै सपथ लिएका छन् ।  सरकार गठनकै बेला भएको समति अनुसार राप्रपाको भागमा परेको मन्त्रालयमा नियुक्ती मात्रै भएको प्रधानमन्त्रीका नीजि सतिव इन्द्र भण्डारीले हाम्राकुरालाई बताए । उनले भने, ‘पहिले राप्रपाकै भागमा परेको मन्त्रालय हो, दुई मन्त्रालय मध्य पहिले पार्टीबाट नाम नआएकाले नियुक्ति हुन सकेको थिएन ।’ अहिले नाम आयो नियुक्ति भयो ।
 
यसअघि, पार्टीको संसदीय दलका नेता समेत रहेका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले नै वाणिज्य मन्त्रालयको कार्यभार सम्हाल्दै आएका थिए । केही दिन अघि मात्रै राप्रपा अध्यक्ष चन्दले सार्वजनिक कार्यक्रममै सरकारप्रति असन्तुष्टी जनाएका थिए ।
 
उनले सरकारको काम कारबाही मन नपरेको भन्दै त्यसबारे सोच्ने बेला आएको भन्दै घुर्क्याएका थिए । नभन्दै प्रधानमन्त्री ओलीले उनकै छोरालाई मन्त्री नियुक्त गरिदिए । यस्तै, प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता समेत नियुक्त गरेका छन् । सर्वोच्चको महान्यायाधी वक्तामा हरि फुयाँल नियुक्त भएका छन् । हरिकृष्ण कार्की सेवानिवृत्त भएपछि रिक्त पद पूर्ति भएको हो । 



नयाँ