arrow

राष्ट्रसेवक रित्याएर महासचिव सहितको जम्बो टोली युनियनमा प्रवेश (नामावली)

निर्वाचनको मितिसम्म ६० प्रतिशत कर्मचारी भित्र्याउँछु : महासचिव रोका

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
singha-durbar1.jpg.jpeg
काडमाडौ। आसन्न निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहाँसिक महाधिवेशन नजिकिँदै गर्दा कर्मचारीहरू एक अर्को संगठनमा प्रवेश गर्ने क्रम बढ्दै जाँदा नेपाली काँग्रेस निकट कर्मचारी संगठनप्रति कर्मचारी मोह बढ्दै गईरहेको देखिएको छ। आईतबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री समेतर रहेका नेता पूणबहादुर खड्काले राष्ट्रवसेवक कर्मचारी संगठनका महासचिव बाबुराम रोकाको नेतृत्वमा प्रवेश गर्ने कर्मचारीलाई स्वागत गरे। 
 
श्रेणीविहीन सवारीचालक तथा सबै तहतप्काका कर्मचारीहरूको पेशागतच हकहितको लागि भन्दै खुलेको राष्ट्रसेवक कर्मचारी संगठनले अन्तिम समयमा आएर निर्वाचनमा दर्तागराएको उम्मेदवारी फिर्ता लिएपछि कर्मचारीहरूले कसलाई समर्थन गर्ने भन्ने बारे चर्चा भईरहेकोबेला महासचिवसहितका अत्यधिक कर्मचारी युनियनमा प्रबेश गर्नुले काँग्रेस निकट कर्मचारी युनियनमा कर्मचारीहरूको मोह बढीरहेको देखाएको छ।
 
आईतबार कर्मचारी युनियनको कार्यालय बबरमहलमा भएकोकार्यक्रममा महासचिवले प्रवेश गरेसँगै देशैभरीका राष्ट्रसेवक संगठनसँग सम्बद्ध कर्मचारीहरू युनियनमा प्रवेश गर्नेक्रम बढेको रोकाले बताए। 
रोकाका अनुसार कास्कीजिल्लाबाट जिल्ला उपाध्यक्ष सहित ३२ जनाको कार्यसमिति पुरै युनियनमा प्रवेश गरिसकेका छन् भने सुर्खेत, बाँके, डडेल्धुरा र मोरङ्का अध्यक्ष सहित ६० प्रतिशत कर्मचारीहरू युनियनमा प्रवेश गरिसकेको उनको दाबी थियो। 
 
त्यस्तै समय अभावको कारणले अहिलेसम्म धेरै कर्मचारी प्रवेश गर्न नभ्याएको भन्दै मतदानको दिनसम्म ६० प्रतिशत भन्दा बढी कर्मचारी युनियनमा प्रवेश गराएरै छाड्ने पनि रोकाले प्रतिवद्धता व्यक्त गरे। उनले भने ‘हामीले ढिला मात्रै मनोनयन फिर्ता लिने निर्णय गर्‍यौं। त्यसैले हामीले आजै धेरै कर्मचारी हामीकहाँ प्रवेश गर्न नभ्याएको हो, निर्वाचनको दिनसम्म हामी संगठनका ६० प्रतिशत भन्दा बढी कर्मचारी युनियनमा प्रबेश गराएरै छाड्छौं।’ 
 
सो निर्वाचनलाई सबै दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएकोले संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सामान्य प्रशासन मन्त्री समेत बनिसकेका पूर्ण बहादूर खड्कालाई पार्टीको तर्फबाट सहयोगीको रूपमा खटाएको छ भने नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईलाई सो चुनावमा खटाएको छ। यसरी चुनाबी मैदानमा उत्रिएकाहरूमध्ये सबैभन्दा बढी मत ल्याउने संगठनलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेलाई महासचिव, तेस्रो हुनेलाई उपाध्यक्ष र चौथो हुने संगठनलाई सचिव पद दिईने छ। 
सदस्यहरूको टुङ्गो भने कर्मचारीहरूले प्राप्त गरेको मतको आधारमा विभाजन गरिनेछ। 
कूल ५५ हजारको हाराहारीमा मतदान गर्ने कर्मचारी रहेको सो निर्वाचनको आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै छ । आपसी गठबधनको सम्भावना नरहेको सो निर्वाचनमा धेरै कर्मचारी हुनेलाई कम कर्मचारीहुनेहरू मिलेर पाखा लगाउने सम्भावना देखिँदैन।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ