arrow

स्टेभन विर्गवाईनको डेब्यु गोल, टोटनह्यामसंग सिटी पराजित

logo
प्रकाशित २०७६ माघ २० सोमबार

काठमाडौं । स्टेभन विर्गवाईनले डेब्यु खेलमै गोल गरेपछि टोटनह्याम हट्सपरले इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीलाई हराएको छ ।

आइतबार घरेलु मैदानमा टोटनह्यामले १० खेलाडीमा सीमित सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सीमित बन्यो । लगत्तै घरेलु टोलीले दुई गोल गर्यो ।

६३ औ मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

सिटीको हारले लिभरलुलले लिगमा स्पष्ट २२ अंकको अग्रता लिएको छ ।

जितसंगै टोटनह्याम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो ।

सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

लिभरपुलको २५ खेलमा ७३ अंक छ । 

यो जितले टोटनह्याम म्यानेजर होजे मौरिन्होलाई पनि राहत मिलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ