arrow

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालले पद छाड्दै 

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
umesh-patwal.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् । विश्वकप क्रिकेट लिग २ अन्तर्गत घरेलु भूमिमा बुधबारदेखि हुँदै गरेको पहिलो श्रृंखला सकिएसंगै उनले नेपाल छाड्ने छन् । 

७ महिनाअघि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका पटवालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीमा औपचारिक रुपमा राजीनामा पठाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको समयमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र आईसीसीले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पटवालले कार्यकाल सकिन अझै ४ महिना बाँकी रहेको अवस्थामा तलब समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएको बुझिएको छ ।

मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिकमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका पटवालले नेपाली टिमलाई राम्रो खेलाउन भने सकेनन् । 

१३ औं दक्षिण एसियाली खेलकुद साग र विश्वकप छनोटलाई लक्षित गर्दै उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिईए पनि नेपालले उत्कृष्ट खेल्ने सकेन । 

पटवाल नेपाली टिमको मुख्य प्रशिक्षक हुनुअघि राष्ट्रिय टिमको ब्याटिङ कन्सल्ट्याण्टका रुपमा काम गर्दै आएका थिए । 

पटवालले राजीनामा आईसीसीलाई बुझाए पनि राखेप र क्यानलाई भने जानकारी गराएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ