arrow

फेसवुकमा अस्लिल तस्बिर पोस्ट गर्ने युवती प्रहरी फन्दामा

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
facebook.png.png
फलेवास (पर्वत)। सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अस्लिल अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
 
पर्वत जिल्लाको खौलालाकुरी गाविस–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा पोस्ट गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई घरबाट पक्राउ गरेको हो।
 
जिल्लाको पाङराङ–७ बस्ने एक २० वर्षीया युवतीको नाममा उनकै तस्बिर राखेर नक्कली आइडी बनाएर सो कार्य गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उनले सानी काली सशीला नामको नक्कली आइडी बनाएर पीडित युवतीको फोटोसँग अरुको फोटो जोडेर फेसबुकमा राख्ने गरेको पीडितले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले वैशाख ३ गते कुवँरलाई पक्राउ गरेको थियो।
 
पक्राउ परेकी कुवँरले र थापाठाना बस्ने सुवर्ण पौडेललाई विगत एक वर्षबाट मन पराइरहेको र पौडेल र पीडित युवती नजिकको साथी भएकाले दुई जनाको सम्बन्ध बिर्गान तथा बदला लिने भावनाले यस्तो गरेको अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए।
 
नक्कली फेसबुक आइडी प्रयोगकर्ता कुवँरलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत सार्वजनिक अपराधसम्बन्धी अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ