arrow

भगत सिंहको नाटकमा अंग्रेज सिपाही बन्दा १२ वर्षे पात्रको मृत्यु 

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार

काठमाडौं । भारतको मध्यप्रदेशका एक निजी विद्यालयका १२ वर्षे छात्रको शहीद भगत सिंह नाटकमा अंग्रेज सिपाहीको भूमिका निभाउने क्रममा दुर्घटनावश फाँसी लगाएर मृत्यु भएको छ । 

ज्ञानसागर स्कुलमा पढ्ने प्रियांशुको दुर्घटनावश फाँसी लागेर मृत्यु भएको हो । प्रियांशुका बुबाले भनेर शिक्षकहरुले उसलाई गत फेब्रुअरीमा नाटकमा सामेल गरेका थिए ।

त्यसको अर्को दिन आइतबार दिउँसो प्रियांशुले भगत सिंहको भूमिका निभाउने क्रममा फाँसीमा झुन्डिने कोशिस गरेका थिए । उक्त क्रममा दुर्घटनावश पासो लागेर उनको मृत्यु भएको हो । 

पुलिसका अनुसार प्रियांशुले खेतमा बसेर आफ्नो नाटकको भिडियो देखिरहेको थियो । उसले फाँसीको सिन गर्नका लागि  रोप अनमा डोरी राख्यो ।

ऊ जुन खाटमा उभिएर उक्त सिन गरिरहेको थियो त्यो दोस्रो भागबाट माथि उठ्यो र सन्तुलन बिग्रिएर फन्दामा फस्यो । 

केही समयपछि प्रियांशुका हजुरबुबा भरतलाले देखेर हेर्न जाँदा बच्चाको मृत्यु भइसकेको थियो । पुलिसले उक्त स्थानबाट मोबाइल भेटेको छ । मोबाइलमा भगत सिंहसंग आधारित नाटकको भिडियो देखिएको थियो । 

प्रयांशु तीन भाइमध्ये जेठा थिए । उनका बुबा मालवीय सरकारी स्कुलका शिक्षक हुन् । प्रियांशुले खेल्ने नाटकमा फाँसीको दृष्य राखिएको थिएन ।

तर अचानक उनको दिमागमा यो सिन कहाँबाट आयो र फाँसी लगाए भन्नेबारे सबै हैरान छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ