arrow

देउवा दिल्ली गए, सत्तारुढ र विपक्षी दुवै दलका नेतासंग भेटघाट हुने

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
shre-bahadur-deuba-hamrakura.jpg.jpeg
ठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा भारत गएका छन् । पत्नी आरजु राणा देउवाको स्वास्थ्य उपचारका लागि भन्दै देउवा भारतको दिल्ली गएका हुन् । आरजु यसअघि नै दिल्ली गइसकेकी छिन् । सांसद आरजुको ढाडमा समस्या देखिएपछि शल्यक्रिया गर्न देउवा दिल्ली प्रस्थान गरेका हुन् । आरजुको वुधबार कम्बरको हड्डीको शल्यिक्रिया हुने भएको छ ।  
 
दिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सभापति देउवाले भारतमा रहँदा केही राजनीतिक दलका नेताहरुसँग पनि छलफल गरिने बताए । यद्यपि, यसअघि देउवाले विशुद्ध पारिपारीक भ्रमण भन्दै आएका थिए । भारतले हिन्दु राज्यबारे चासो राखिरहेकै बेला देउवातिर लागेका कांग्रेस नेता खुमबहादुर खड्का दिल्ली जाँदै छन् । यस्तै, कांग्रेस नेता अमरेश कुमार सिंह समेत दिल्लीमै छन् ।  
 
सभापति देउवाले सत्तारुढ र विपक्षी दुवै दलका नेताहरुसँग छलफल गर्ने बताएका छन् ।  नेपालमा संविधान जारी भएपछि भारत असन्तुष्ट रहँदै आएको छ । देउवाले दिल्ली जानुअघि मधेसी मोर्चाका केही नेताहरुसँग परामर्शसमेत गरे । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको सभापति र संसदीय दलको नेतामा हालैमात्र निर्वाचित भएका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएकाले यो भ्रमणलाई अर्थ पूर्ण मानिएको छ । भारतमा उपचार सकेर सभापति देउवा शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ