arrow

३ सातामा ३ गैंडा मृत फेला, विहिवार फेला पर्‍यो अर्को मृत गैंडा

logo
सन्जय भट्टराई,
प्रकाशित २०७६ माघ २३ बिहिबार
rhinoes-killed.gif

नवलपुर। पूर्वी नवलपरासीमा विगत ३ सातामा ३ वटा दुर्लभ एक सिङ्गे गैडा मृत अवस्थामा फेला परेका छन्। बिहिवार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ सेहेरीको भुताहा पोष्ट नजिकै जंगलमा एउटा भाले गैंडा मृत भेटिएपछि विगत ३ सातामा मरेका गैंडाको संख्या ३ पुगेको हो।

बिहीबार माछा मार्न गएका बोटेहरुले मृत गैंडा देखेपछि प्रहरी र निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । गैंडा ५‍-७ दिन अघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

मृत गैंडा गन्हाएको अवस्थामा भेटिएकोले केही दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो ।गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।

गत शनिबार सेहेरीमै एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो । त्यस समय विशाक्त खानाका कारण गैंडा मरेको हुनसक्ने निकुञ्जका प्राविधिक टोलीले जनाएको थियो।

त्यसैगरी दुई साता अघि कावासोती १० मगरकोटमा पनि अर्को गैंडा मृत फेला परेको थियो । एकपछि अर्को दुर्लभ गैंडा मरेको अवस्थामा भेटिन थालेपछि निकुञ्ज प्रसासन र संरक्षणकर्मीहरु चिन्तित देखिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ