arrow

सुकीको आदेशमा ८३ आस्थाका बन्दी मुक्त

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
suki.jpg.jpeg
याङ्गुन। म्यानमारको नयाँ वर्षको पहिलो दिन यहाँ ८३ जना आस्थाका बन्दीहरू मुक्त भएका छन् । उनीहरुलाई म्यानमारका राष्ट्रपतिको आदेशबाट मुक्त गरिएको बताइएको छ । यसवर्ष म्यानमारको नयाँवर्ष अप्रिल १७ बाट सुरु भएको र राष्ट्रिय मेलमिलाप कायम गर्न तथा म्यानमारका जनताका हृदयमा शान्ति छाइरहोस भन्ने शुभकामनाका साथै राजनीतिक विवादमा मुछिएर आस्थाका बन्दी बनाइएका मध्ये ८३ जनालाई क्षमादान गरी मुक्त गरिएको राष्ट्रपतिको आदेशमा उल्लेख छ । 
 
गत अप्रिल ८ का दिन पनि १९९ जना राजनीतिक तथा मानवअधिकारकर्मी एवम् विद्यार्थीहरू समेतलाई मुलुकका विभिन्न कारागारबाट मुक्त गरिएको थियो । विदेशमन्त्री तथा राज्य परिषद्का अध्यक्ष लोकप्रिय नेतृ आङ सान सुकीको आदेशमा राष्ट्रपति क्षमादान आदेश दिएका हुन् । 
 
प्रहरीस्रोतका अनुसार कारागार मुक्त भएकाहरूमध्ये ३६ जना महिला र दुई बालबालिका समेत रहेका थिए । म्यानमारमा नयाँ सरकारले कार्यभार सम्हालेपछि गत अप्रिल ८ बाट आस्थाका बन्दी मुक्त गर्ने कार्य सुरु गरिएको छ । ती बन्दीमा अधिकांशलाई राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचारप्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले थुनामा राखेको बताइएको छ । अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ