arrow

२४ बर्ष पछि जिर्ण कारागार सुविधा सम्पन्न बन्दै

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख ६ सोमबार
karagarbhajang.JPG.jpeg
बझाङ। भौतिक पूर्वाधार  एकदमै जिर्ण र न्यून रहेको बझाङ जिल्लाको कारागार २४ बर्ष पछि पुनःनिर्माण सहित सुबिधा सम्पन्न बन्ने भएको छ । शहरी तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीले कारागार सुधार गराउन टेण्डर आह्वान गरी काम थालनी भएपछि कारागारको मुहार फेरिने भएको हो ।
 
३ करोड २८ लाखको लागतमा पहिलो चरणको ठेक्कामा काम सुरु हुदै छ । २०३९ सालमा स्थापना भएको बझाङ कारागारको कैदी बस्ने सानो घर जिर्ण थियो । यसका साथै  बाहिर सुरक्षाक्रमी बस्ने र घेरबार पनि जिर्ण थियो ।  कारागारको भौतिक पूर्वाधार कमजोर भएका कारण गत बर्ष दुई जना कैदी भागेका कारागारका जेलर राजेन्द्र बोहोराले बताए । बोहोराले भने भौतिक पूर्वाधार जिर्णहुदाँ साह्रै समस्या थियो अव राम्रो भयो  । 
 
२५ जना कैदी बस्ने क्षमता भएको कारागारमा अहिले ५९ जना कैदी रहेका छन् । नयाँ बन्ने भवनमा महिला बन्दी गृह १५ जना क्षमताको सहित पुरुष बन्दी गृह ६५ जना क्षमताको बन्ने भएको छ यसका साथै  जेलर निबास तथा कार्यालय भवन , प्रहरी ब्यारेक सहित कम्पाउण्ड वाल निर्माण गरिने भएको छ ।
 
शहरी  डिभिजन कार्यालयका ईन्जिनियर शिबराम महर्जनले २०७२ साल मसिर महिनामा बिकेई बिल्डर निर्माण कम्पनी संग सम्झौता भई स्थानिय ठेकेदार दल बहादुर बिष्ट र नबराज थापा प्रतिनिधी रहेर काम तिब्ररुपमा भई रहेको वताए । अहिले २५ प्रतिसत कार्य पुरा भएको र तिब्ररुपमा काम भएकाले २० महिना भित्रै काम सक्ने ठेकदारको लक्ष्य रहेको महर्जनले सुनाए । यो काम सकिए पछि पुरुष बन्दी गृहको ठेक्का भएर काम हुने समेत महर्जनले जानकारी दिए ।
 
जिल्लाको मालपोत कार्यालय सम्झौता भन्दा छिटो र्निमाण गरेर २५ लाख पुरस्कार पाएका ठेकेदार दल बहादुर विष्ट र नवराज थापाले कागारगार पनि छिटो र्निमाण गर्ने डिभिजन कार्यालयका इन्जिनियर महर्जनले वताए । कारागार नयाँ र्निमाण हुदाँ  बर्षौ देखिको समस्या सामाधान हुने प्रमुख जिल्ला हिरालाल चौधारीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ