एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्यधिक वृद्धि
प्रकाशित २०७६ माघ २८ मंगलबार
904
Shares
काठमाडौं। एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टि.भी.को मागमा अत्यधिक वृद्धि भएको जनाएको छ।
सिजीले ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि अत्यधिक रहेको जनाएको छ। एलजीको युएचडी टिभीहरुमा आकर्षक विशेषताहरु रहेका कारणले गर्दा ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको सिजीले जनाएको छ।
सीजीका अनुसार यस्ता छन् युएचडीका विशेषताहरु–
–फोर के पिक्चर डिस्प्लेः फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर ।
–म्याजिक मोसन रिमोट कन्ट्रोल ।
–एल.जी. थिन्क्यु ए.आई. : आवाजले नियान्त्रण गर्न सकिने ।
–गुगल असिस्टेन्ट ।
–एलेक्सा विल्ट इन ।
–एप्पल एयरप्ल्येः आईफोन बाट सिधै स्क्रीन शेयर गर्न मिल्ने ।
सीजीले एलजीका सबै साईजका टिभीहरु सुलभ मूल्यमा बजारमा उपलब्ध रहेको पनि विज्ञप्ति जारी गरी जनाएको छ।