arrow

को बन्ला काँग्रेसको प्रवक्ता ?

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन सकिएपछि मनोनित गर्नु पर्ने पदाधिकारीहरुको चर्चा बढ्न थालेको छ । पार्टीका सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुको मनोनयन गर्ने गृहकार्य गरिरहेका बेला विभिन्न पदमा को को आउन सक्लान भन्ने चर्चा बढेको हो भने नेताहरुले आफुले चाहेको पदमा मनोनीत हुनका लागि दौडधुप र कसरत गरिरहेका छन् । 
 
काँग्रेसको सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । पदाधिकारीमा पर्ने अन्य पदहरुको तुलनामा प्रवक्ताको चर्चा निकै कम भएको पाईएको छ । जवकी पार्टीको हरेक गतिविधिलाई चर्चामा  ल्याउने र सार्वजनिक गर्ने मुल जिम्मेवारी भने प्रवक्तामा हुन्छ । 
 
पार्टीको प्रवक्ता बन्नका लागि पार्टीका सभापतिको विश्वास पात्र हुनु पर्ने पहिलो सर्त हो भने सुचना प्रवाह स्पष्ट र सहज रुपमा गर्नु उसको दोस्रो प्रमुख योग्यता हो । त्यसैगरी संचारकर्मीहरुसंग घुलमिल हुनसक्ने, उनीहरुका लागि सहज पहुँच भएको व्यक्ती प्रवक्ता भएमा पत्रकारहरु बढी खुशी हुन सक्छन् । प्रवक्ताको काम प्राय पत्रकारहरुसंग नै हुन्छ । 
 
यी सवै योग्यता आफुसंग भएको दावी सहित पार्टीको प्रवक्ता बन्न चाहने नेताहरुको सुचि लामै छ भने केही नेताहरुले केही नेताहरुको त्यस्तो योग्यता भएको भन्दै सभापति देउवालाई नाम सिफारिस पनि गरेका छन् । 
 
काँग्रेसका अहिले प्रवक्ता बन्नका लागि र बनाउनका लागि भन्दै चर्चामा रहनेमा सवै भन्दा अगाडी रमेश लेखक रहेका छन् । उनलाई देउवाले संसदीय दलको प्रमुख सचेतक बनाउन चाहेपनि उनले रुची नदेखाएकाले उनलाई प्रवक्ता बनाउने संभावना बढी रहेको छ । पुर्वपत्रकार समेत रहेका लेखक स्पष्ट बक्ता मानिन्छन् भने देउवाका विश्वास पात्र पनि हुन्। 
 
त्यस वाहेक देउवाले महामन्त्रीमा दावी गरिरहेका नेता बालकृष्ण खाँणलाई प्रवक्ता बनाउने संभावना पनि उत्तिकै छ । संचार माध्यमहरुमा त्यति छाउन रुचि नराखेपनि अड्कलेर बोल्ने परिपक्व र जिम्मेवार भएकाले खाँणलाई प्रवक्ता बनाउन उपयुक्त हुने सुझाव देउवालाई आएको छ । उनले महामन्त्रीको दावी गरेकाले सहमहामन्त्री पनि बनाउन नसक्ने अवस्थामा उनलाई प्रवक्ता बनाउनै पर्ने दवाव देउवालाई परेको छ । उनी यस पटक जसरी पनि पदाधिकारीमा आउनेगरी मेहनेत गरिरहेका छन् । महाधिवेशनका बेला आफ्ना लागि भन्दा देउवाका लागि मत मागेका नेता खाँणलाई पदाधिकारीमा ल्याउने देउवाको चाहना पनि छ भने उनलाई नैतीक दवाव पनि परेको छ । 
 
खाँणपछि देउवाको रोजाईमा ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत र चन्द्र भण्डारी पर्ने भएका छन् । देउवाले पार्टी विभाजन गर्दा देखि साथ दिएका नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष समेत ज्ञानेन्द्र बहादुर कार्की सभापति देउवाका अर्का विश्वास पात्र हुन् । उनलाई सहमहामन्त्री बनाउन नसकेमा प्रवक्ता बनाउनु पर्ने देउवालाई नैतिक दवाव छ । संगठनमा पनि राम्रो पहुँच भएका मनिने कार्की लामो समय देखि लाभको पदमा पनि परेका छैनन् । देउवाका विश्वास पात्र र स्पष्ट बक्ता भएकाले उनलाई प्रवक्ता बनाउन सुझाव दिनेहरु धेरै छन् । 
 
महत र भण्डारी देउवाका विश्वासपात्र मानिन्छन भने संचारकर्मीहरुसंग राम्रो संवन्ध भएका व्यक्ती हुन् । उनीहरुलाई पनि पत्रकारहले स्पष्ट वक्ता र सहज पहुँच दिने नेताका रुपमा चिन्दछन् । पत्रकारहरुले सवै भन्दा बढी रुचाएका नेतामा भण्डारी पर्दछन् । नेता भण्डारी लामो समय देखि नियमित रुपमा पत्रपत्रिकाहरुमा लेखहरु लेख्ने पर्दछन् भने बैचारिक वहस गर्न बढी मन पराउछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ