arrow

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिमा कुशवाहा मनोनित

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
Bijay-Kushwaha-.jpg.jpeg
वीरगंज । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ पर्साको आज सम्पन्न पहिलो बैठकले नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहालाई क्षेत्रिय कार्यसमितिको सदस्य तथा प्रेस सल्लाहकारमा सर्वसम्मत रुपमा मनोनित गरेको छ । 
 
क्षेत्रीय सभापति विजय सर्राफको अध्यक्षतामा बसेको बैठकले तराईमा हाल बढदै गएको प्रचण्ड गर्मीको समयमा विद्युत प्राधिकरणले अनाधिकृत रुपमा गरेको लोडसेडिङ्ग विरुद्घ बुझाइएको ज्ञापन पत्रमा उल्लेखित गरिएको माग ७ दिन भित्र पूरा नभएमा कडा आन्दोलनमा उत्रने निर्णय गरेको छ । 
 
बैठकले क्षेत्र नम्बर १ अन्तर्गत रहेका नेपाली कांग्रेसका वुथ समितिहरुको विस्तार एक महिनाभित्र गरेर पार्टीलाई सशक्त रुपमा अगाडी बढाउन वुथ सभापतिहरुलाई निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरि बैठकले वुथ सभापतिहरुलाई प्रत्येक महिना अनिवार्य रुपमा बैठक गरि वुथका गतिविधिहरु क्षेत्रीय समितिलाई जानकारी गराउन निर्देशन दिने निर्णय समेत गरेको क्षेत्रीय सभापति विजय सर्राफले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ