arrow

शैक्षिक सत्रको सुरुवातसँगै चल्यो जुहारी

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
saishik-A.jpg.jpeg
भक्तपुर । नयाँ शैक्षिक सत्रको सूरुवातसँगै सरोकारवालाहरुबीच समन्वय हुन नसक्दा जुहारी चलेको छ । रफत सञ्चार क्लबले गरेको साक्षतकारमा बोल्दै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार र नीजि विद्यालयको मिलेमत्तोमा आर्थिक लुट मच्चाएको आरोप लगाए । 
उनले सरकारले निर्देशिका लागू गरेको जस्तो गर्ने र नीजि विद्यालयले त्यसलाई लागू नगर्ने काम हुँदा दुविधा श्रृजना भएको बताए । 
 
एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर्देशिका नियमवाली विपरित रहेको भन्दै एक प्रतिशत नीजि विद्यालयको गल्तिलाई हेर्दै ९९ प्रतिशत विद्यालयलाई समेत मुछेर गर्ने निर्णय गलत भएको बताए । उनले नीजि विद्यालयले जथाभावी रुपमा शुल्क लिने गरेको भनाई गलत भएको र नीजि विद्यालयहरुलाई आरोप लाउने काम मात्र भएको टिप्पणी गर्नु गरे । सरकारले नीजि विद्यालयले गलत काम गरेको भए कारवाही गर्नु पर्ने भन्दै त्यसको दोष एनप्याब्सन र प्याब्सनलाई लगाउनु गलत भएको बताए । 
 
प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले नयाँ शैक्षिक वर्षसँगै शुल्क निर्धारणको विषयले जोड पाउने भएता पनि सदैव दुविधा श्रृजना गर्ने भएकाले वैज्ञानिक पद्धतीलाई अवलम्बन गर्नु पर्नेमा जोड दिए । उनले भूकम्प पश्चात सरकारले नीजि विद्यालयका भवन निमार्णमा कुनै किसिमको सहयोगी भूमिका खेल्न नसकेको र नीजि विद्यालय बन्द गराउने तर्फ अग्रसर बनेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ