arrow

सिटौलाले भने, ‘ओली सरकारविरुद्ध सडकमा उत्रिन्छौं’

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
sitaula-new-pic.jpg.jpeg
सिन्धुपाल्चोक ।  कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनताको दैनिकी सहज बनाउन सरकार असफल भएको बताएका छन् । सिन्धुपाल्चोकमा मंगलबार नेपाल तरुण दललको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता सिटौलाले सरकार सस्तो लोकप्रियता देखाएर आफ्नो आयू बढाउन मात्र लागेको आरोप लगाए । 
 
उनले भने, ‘आज पनि अभाव, महंगी उस्तै छ, तर सरकार यसप्रति आँखा चिम्लिरहेको छ ।’ सरकार जनताप्रति अनुत्तरदायी रहेको भन्दै उनले यसविरुद्ध कांग्रेस सडकमा उत्रिने चेतावनी दिए । प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेस सरकारका कामकारबाहीप्रति आँखा चिम्लेर बस्न नसक्ने स्पष्ट पारे । 
 
कार्यक्रममा सांसद समेत रहेका तरुण दलका अध्यक्ष उदय शमशेर राणाले कालाबजारी, महंगी र अभावविरुद्ध तरुण दल सशक्त रुपमा आन्दोलनमा जाने बताए । उनले तरुण दल अधिवेशनमा जुटिसकेकाले तोकिएको समयमै अधिवेशन हुने स्पष्ट पारे । अधिवेशनबाट तरुण दल सिन्धुपाल्चोकको अध्यक्षमा दोर्जे लामा निर्विरोध चयन भएका छन् । मंगलबार सम्पन्न दलको जिल्ला अधिवेशनबाट लामा अध्यक्षमा चयन भएका हुन् । उनी सहित सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बताए । 
 
उनका अनुसार तरुण दलले अहिलेसम्म २८ जिल्लामा अधिवेशन सकिसकेको छ ।  कांग्रेसको १३औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिनाभित्र भातृसंस्थाहरुको अधिवेशन गर्न निर्देशन दिएपछि तरुण दल अधिवेशनमा जुटेको हो । तरुण दलको एक साता अघि बसेको केन्द्रीय समितिको बैठकले भदौ अन्तिम सातामा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ