arrow

'मुख्यमन्त्रीका जेठानका परिवार बेलायतबाट आएर जमघट'

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
Prithvi-Subba-Gurung-.jpg

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा मुख्यमन्त्री निवासमा साँझ पारिवारिक जमघटको व्यवस्थामा भोज दिइएको बताएका छन्  । मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै  गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न संचार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटा र समाचारहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको  जनाएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ 'फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो । सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण छ। गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरजित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ। तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं ।'

रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका थिए। नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो सार्वजनिक भएको थियो। उनको उक्त कार्य मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर रहेकाले सर्वत्र विरोध भएको थियो। कतिपय आलोचकले उनलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेका थिए । योसँगै उनको निजी सचिवले विज्ञप्ति जारी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ