arrow

काबूल आक्रमणमा २८को मृत्यु, तालिवानले लियो जिम्मेवारी

पाकिस्तानद्वारा कडा शब्दमा निन्दा

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
Kabul_Attack.jpg.jpeg

इस्लामाबाद। अफगानिस्तानको राजधानी काबूलमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८: ३० बजे भएको आतङ्ककारी आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । तालिवान आतङ्ककारी समूहले आक्रात्मक कारबाही बढाउने भनिएको एक हप्तापछि सो आक्रमण भएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस आक्रमणमा परी २८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३२७ जना भन्दा बढी घाइते भएको छन् ।

बिशिष्ठ ब्यक्तिहरुको सुरक्षा हेर्ने बिभागको गेटमा आत्मघाती बिष्फोट गराईएको थियो। ट्रकमा रहेको बमलाई आत्मघातीले बिष्फोट गराए पछि अन्य बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाएका थिए। अफगानी अधिकारीहरुका अनुसार १ शंकास्पद आतंकाकरी मारिएको र अरु दुईको खोजी भैरहेको जनाएको छ।

अफगानिस्तानको राजधानी काबूलमा मङ्गलबार भएको आतङ्ककारी आक्रमणको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । सो आक्रमणमा आफ्ना आफन्त गुमाउने व्यक्तिहरुप्रति ‘हाम्री हाम्रो हृदयबाट नै सहानुभूति र समवेदना प्रकट गर्दछौँ, त्यसैगरी घाइतेहरुको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’ इस्लामाबादस्थित विदेश मन्त्रालयको प्रवक्ताले बताउनुभएको छ ।

सरकारी कार्यालयलाई लक्ष्यगरी मङ्गलबार भीषण आत्मघाती ट्रक बम आक्रमण र गोली प्रहार समेत भएको जनाइएको छ । विदेश मन्त्रालद्धारा प्रकाशित विज्ञप्तिमा ‘पाकिस्तान सरकार यस प्रकारको आतङकवाद र सोसँग सम्बन्धित सङ्गठनको निन्दा गर्दछ’, अफागानिस्तान सरकार र भातृत्वको नाता रहेको अफगान जनताप्रति यस दुखतः घडीमा पाकिस्तानले काँधमा काँध मिलाएर साथ दिने पनि जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ