arrow

चार एआइजीले बल्ल लगाए फूली

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
AIG-Yadav-Adhikari-1.jpg.jpeg
काठमाडौ। बढुवा हुनबाट रोकिएपछि डेड बर्षदेखि अवकास झै घरमा बसिरहेका चारजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा मन्त्रीपरिसदले बढुवा गरेका चार जना एआइजीलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मंगलबार दर्ज्यानी चिन्ह प्रधान गरेका छन्।
 
जिआइजीहरु पर्शुराम खत्री, यादव अधिकारी, बिश्वराज शाही, सुशिलवरसिह थापालाई प्रहरी प्रधान कार्यलयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रधान गरिएको नेपाल प्रहरीका प्रवक्ता माधव प्रसाद जोशीले जानकारी दिए । दर्ज्यानी चिन्ह प्रधान गरेपनि उनीहरुलाई कुनै जिम्बेवारी भने दिइएको छैन्।
 
गत बैसाख २६ गते बसेको मन्त्रिपरिसदको बैठकले गरेको निर्णय पछि समेत एक दुई दिनमा दिइने  दर्ज्यानी चिन्ह प्रधान गर्न साता दिन भन्दा बढी समय लगाए पछि हाम्रा कुरा डट कमले गृह मन्त्रालयका प्रवक्ता तथा नेपाल प्रहरीका प्रवक्ता समेतसग कुरा गरेर "डिआइजीबाट बढुवा भएकाहरुलाई फूली लाउने साइत सरकारले कहिले जुराउला ?" भन्ने शिर्षकमा समाचार सम्प्रेशण गरेपछि सर्वत्र चासो र दवाव बढेको थियो ।
 
उनीहरुले नियतवश वढुवा हुनबाट रोकिएको भन्दै बढुवा सिफारिस समिति, उजुरी सुन्ने समिति, लोकसेवा आयोग तथा सर्वोच्च अदालत समेतको ढोका ढक्कढक्याए न्याए पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ