arrow

मन्त्रिपरिषद् बैठक : २१ मुलुकमा राजदूत सिफारिस (नामावली सहित)

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजदूत रिक्त २१ मुलुकमा नियुक्तिका लागि सिफासिस गरेको छ । अधिकांश रिफारिस राजनीतिक भागवण्डाबाट भएका छन् । वर्तमान एमाले नेतृत्वको सरकारले पछिल्लो समय विभिन्न निकायमा नियुक्ति गर्ने प्रक्रियालाई बढावा दिएको छ । सोमबार मात्रै महान्याधिवक्तालाई सपथ खुवाएको सरकारले मंगलबार लामो समयदेखि एकै पटक २१ राजदूत नियुक्तिको सिफारिस गरेको छ । आइतबार वाणिज्य मन्त्री नियुक्त गरेको सरकारले लामो समयपछि एकै पटक ठूलो संख्यामा नियुक्तिको सिफारिस गरेको हो । मंगलबार दिउँसो देखि साँझ अबेर सम्म बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तीको सिफारिस गरेको हो । 
 
हेर्नुुहोस् कुन देशमा को को ::
 
 
एमाले कोटाबाट
१. श्रीलंकाका लागि नारद भारद्वाज
२. इजरायलका लागि शिबमाया तुम्बाहम्फे
३. साउदी अरवका लागि अलि अख्तर मिकरानी
४. जापानका लागि खड्ग केसी
५. चीनका लागि महेन्द्रबहादुर पाण्डे
६. दक्षिण कोरियाका लागि युवराज कार्की
 
एमाओवादी कोटाबाट
७. डेनमार्कका लागि युवनाथ लम्साल
८. अष्ट्रेलियाका लागि लक्की शेर्पा
९. बहराइनका लागि पदम सुन्दास
१०. कतारका लागि डा.महेन्द्र सिंह
 
राप्रपा नेपालको कोटाबाट
११. रसियाका लागि निरञ्जन थापा
 
परराष्ट्रका कर्मचारी मध्येबाट
१२. ब्राजिलका लागि ताराप्रसाद पोखरेल
१३. जर्मनीका लागि रमेशप्रसाद खनाल
१४. अष्ट्रियाका लागि प्रकाशकुमार सुवेदी
१५. बेल्जियमका लागि लोकबहादुर थापा
१६. पाकिस्तानका लागि सेवा लम्साल
१७. इजिप्टका लागि झविन्द्र अर्याल
१८. म्यानमारका लागि ऋषिकेष घिमिरे
१९. बेलायतका लागि दुर्गाबहादुर क्षेत्री
 
अन्यबाट
२१. बंगलादेशका लागि खगेन्द्र बस्नेत
२१. यूएइका लागि भरतबहादुर रायमाझी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ