arrow

‘नेविसंघ स्ववियु निर्वाचनबाट भागेको छैन’

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
nebi-sang-new.jpg.jpeg
काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीसंघका विद्यार्थीहरुले आफुहरु स्ववियु निर्वाचनबाट भाग्न खोजेको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उपत्यकामा उपलब्ध विभिन्न क्याम्पसका इकाइ सभापतिहरु, क्याम्पस स्ववियु सभापति, पूर्व सभापतिहरुको भेलाले आफुहरु निर्वाचनमा जाने निष्कर्ष निकालेको हो ।
 
नेविसंघ नेता दुजाङ शेर्पाले थापाथली क्याम्पसमा भएको छलफलमा स्ववियु निर्वाचनमा उम्मेद्वारी दिनेको हकमा उमेर हद लाग्ने कुरा आफुहरुलाई मान्य नभएकोबारे छलफल भएको र पूर्व सहमति अनुसार मात्रै अघि बढ्नु पर्ने विषयमा कुरा भएको बताए । उनका अनुसार २०७० मा त्रिभुवन विश्व विद्यालयले गरेको स्ववियु नियमावली संशोधन ताका भएको निर्णयानुसार अघि बढ्नु पर्ने विषयमा छलफल भएको बताए । सो समयमा पहिलो निर्वाचनमा उमेर हद नलाग्ने र दोस्रो निर्वाचन वा २०७२ वैशाख १ बाट उम्मेद्वारको उमेर २८ वर्ष कायम गर्नु पर्ने सहमति भएको र सोही अनुसार त्रिविको सिनेटले निर्णय गरेको थियो ।
 
 
अखिल क्रान्तिकारीले २८ वर्ष उमेरहद कायम हुनु पर्ने अडान राखेपछि नेविसंघले त्रिवि सिनेटमा संशोधनका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । सत्ताधारी दल एमाले भ्रातृ संगठन अनेरास्ववियु भने निर्वाचन जसरीपनि हुनु पर्ने पक्षमा छ । यस्तै, निर्वाचन प्रणालीमा समेत विद्यार्थी संगठनहरुबीचनै मतभेद छ । शेर्पाले बैठकमा उमेर हदबन्दी ठिक होइन, मताधिकार रहेको व्यक्तिले निर्वाचनमा उम्मेद्वारी दिन नपाउने भन्ने हुँदैन, स्ववियुको स्थापनाका लागि नेविसंघले गरेको योगदान र वलिदान गुम्ने अवस्थामा उमेर हदबन्दी कारक बन्नु भएन भन्ने निष्कर्ष निस्किएको बताए । 
 
आफुहरु निर्वाचन जसरीपनि हुनु पर्छ भन्ने पक्षमा रहेको उनले बताए । देश भर हामी निर्वाचन लड्न तयार छौ, उनले भने, ‘केन्द्रीय नेतृत्वमा पुनः विचार गर्न आवश्यक छ ।’ उमेर हदबन्दीको कुरा आपसी समझ्दारीमा टुंगो लगाउनु पर्ने बताउँदै उनले उमेर हदबारे केही क्याम्पसमा व्यवहारिक कुरा लागु हुन नसक्ने बताए । उनले भने, ‘जनप्रशान क्याम्पसमा उमेरब बढी भएका विद्यार्थी हुन्छन्, यस्तै त्रिवि केन्द्रीय क्याम्पसमै पनि २८ वर्षको उमेर हद लागु हुन सक्दैन ।’ यी टेक्निकल समस्याहरु बसेर सुल्झाउनु पर्छ । शेर्पाका अनुसार नेविसंघ केन्द्रीय कमिटिले त २८ वर्ष हुँदै हुँदैन भनेको छ, हामी त्यो भए पनि नभएपनि निर्वाचनमा जाने निष्कर्षमा पुगेका छौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ