arrow

टर्कीलाई इयुभन्दा इयुलाई टर्की बढी आवश्यक छ : राष्ट्रपति एर्डोगान

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
turkey.jpg.jpeg
अङ्कारा (टर्की) । टर्कीलाई युरोपियन युनियन (इयु)भन्दा बढी इयुलाई टर्कीको आवश्यकता हुने अङ्कराले जनाएको छ । मङ्गलबार टर्कीका राष्ट्रपति टेसेप तैयप एर्डोगानले इयु संसद्को हालै आएको प्रतिवेदनप्रति लक्षित गर्दै इयु संसद्को पछिल्लो प्रतिवेदनप्रति लक्षित गर्दै इयु संसद्को पछिल्लो प्रतिवेदन अङ्कराको विधिको शासनविरुद्धको अभिव्यक्ति भएको बताए । 
 
“टर्कीलाई इयुकोजति आवश्यकता पर्छ त्योभन्दा बढी इयुलाई टर्कीको आवश्यकता पर्छ ”–राष्ट्रपति एर्डोगानले भने । इयु संसद्ले गएको हप्ता टर्कीले प्रजातान्त्रिक शासन अवलम्बन नगरेर पथभ्रष्टलाई बढावा दिएको भनी एक प्रतिवेदन सार्वजनिक गरेको थियो । इयु प्रतिवेदनको यो बुझाइलाई टर्कीले एउटा उत्तेजक अभिव्यक्तिको सङ्ज्ञा दिएको छ । 
 
राष्ट्रपतिले एर्डोगानले नगरपालिकाका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा ठट्यौली पारामा वर्तमान समयमा टर्कीलाई इयुभन्दा इयुलाई टर्कीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ