- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अछाम । १० वर्ष बढि सजाय भोगेर निस्कन लागेका एक कैदी मृत भेटिएका छन् । अछाम कारागारमा कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका जितेन्द्र विक १० वर्ष ६ महिना कैद भुक्तानी गरेर छुट्न सिफारिस हुने केहि महिना बाकी रहदा मृत भेटिएका हुन् ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।
मंगलबार बिहान ढिलोसम्म उनी नउठ्नुभएपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।