arrow

आठ वर्षीया बालिकाको बलात्कार पछि हत्या, अभियुक्त गजँडे

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
rep.jpg.jpeg
तानसेन । पाल्पाको तानसेन नगरपालिकामा ८ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको छ । तानसेन नगरपालिका १४ सुन्दरगाउँमा रहेको सरस्वती माध्यामिक विद्यालयमा ३ कक्षामा पढ्ने बालिका वर्षा दर्लामीको स्कुलबाटै फर्किने क्रममा सोमबार बेलुकी ४ः३० बजे बलात्कारपछि हत्या भएको पाल्पा प्रहरीले जनाएको छ । 
 
बलात्कारमा संलग्न रहेको शंकामा पक्राउ परेका ४ जना मध्ये स्थानीय विशाल भनिने १८ वर्षीय दिपक न्यौपानेलाई थप अनुसन्धानका लागि म्याद थप गरिसकिएको पाल्पा निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रमेशराज भेटवालले हाम्राकुरालाई जानकारी दिए । निरीक्षक भेटवालका अनुसार प्रारम्भमा सामूहिक बलात्कार भनिए पनि न्यौपाने मात्रै संलग्न रहेको खुलेको छ ।
 
तानेसेन नगरपालिका ११ लामिडाँडा बस्ने बालिकाको शव तेल्गा गाविस –८ होलाङ्दी खोलामा भेटिएको र शव पोष्टमार्टम पछि परिवारले बुझिसकेको प्रहरी निरीक्षक भेटवालले बताएका छन् । अभियुक्तले गाँजा, ट्यावलेट र जाँड खाने गरेको खुलेको छ । उनी कहिले ट्राक्टरको सहचालक, कहिले पेन्टिङ् लगायतका काम गर्दै हिँड्ने गरेको बताइएको छ ।  
 
जिल्ला सदरमुकामस्थित तानसेत ११ प्रभास खोलामा आठ वर्षीया बालिकाको सामूहिक हत्या भएको छ । सोमबार राति ८ बजे बालिकाको शव प्रभास खोलामा फेला परेको हो । तानसेन ११ लामिडाँडा निवासी ८ वर्षीया वर्षा दर्लामीलाई सामूहिक रुपमा बलात्कार गरेपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
 
प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न चार जना युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकाको विवरण भने प्रहरीले सार्वजनिक गरेको छेन् । प्रहरीका अनुसार उनीहरु चारै जना स्थानीय हुन् । प्रहरीका अनुसार वर्षा ट्युसन पढेर घर फर्कदैं गर्दा सोमबार साँझ ६ः३० बजे खोला किनारको सुनसान स्थानमा सामूहिक बलात्कार गर्दा उनी चिच्याएकी थिइन् । चिच्याएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ