साउदी अरबका राजा र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन ८ बिहिबार
744
Shares
रियाद। साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउद र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका बीचमा भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार भएको भेटवार्ताका क्रममा क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा विषेश छललफल भएको अधिकारीहरुले जनाएका छन्। दुवै जनाले दुई पक्षीय सम्बन्ध, साझा हितलगायतका विषयमा पनि कुराकानी गरेको साउदी प्रेस एजेन्सीले समाचार सम्प्रेषण गरेको छ।
अमेरिकी विदेशमन्त्री पोम्पेओले साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउद र विदेशमन्त्री फैसल बिन फर्हानसँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ। उनी साउदी अरबको तीन दिने भ्रमणका लागि साउदी राजधानी रियाद आएका अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकी सरकारी अधिकारीहरुका अनुसार पोम्पेओ नेतृत्वको अमेरिकी भ्रमण टोली बुधबार रियाद आइपुगेको हो।