arrow

बैशाख अन्तिम साता राष्ट्रपति भण्डारी भारत भ्रमणमा

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
Bidhya-Devi-Bhandari.jpg.jpeg.jpeg
काठमाडौ।बैशाखको अन्तिम साता राष्ट्रपति बिद्या देवी भण्डारीले भारतको औपचारिक भ्रमण‌ गर्ने तयारी थालिएको छ। भारतका राष्ट्रपति प्रणब मुखर्जीको निमन्त्रणामा हुने सो भ्रमणलाई सफल बनाउन सरकार तथा सितलनिवासले कुटनैतिक तयारी थालेको सितल निवास स्रोतले जनाएको छ। राष्ट्रपति र प्रधानमन्त्री बिचमा समेत भ्रमणको तयारीलाई लिएर टेलिफोनमा कुराकानी भैसकेको बताइएको छ।
 
संबिधान बनाउँदा कतिपय मुद्दामा असमति जायर गरेपछि भारत र नेपालको सम्बन्धमा चिसोपन उन्पन्न भएको थियो। भारतले लगाएको अघोशित नाकाबन्दी टुग्गिए पनि दुई देश बिचको सम्बन्ध अझै सुमधुर हुन सकेको छैन्। प्रधानमन्त्री केपी ‌ओलीले फाल्गुनको पहिलो हप्ता गरेको भारत भ्रमण पछि सम्बन्धमा सुधार आउने अपेक्षा गरिए पनि सोचे अनुरुप सुधार हुन सकेन। राष्ट्रपतिको यो भ्रमणले दुई देश बिच चिसिएको सम्बन्धलाई सुधार्न सघाँउ पुर्याउने बिश्वास लिइएको छ। भारतको भ्रमणको मिति बैसाख २७ गते ( मे ९ ) मा हुने गरी तयारी थालिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ