arrow

इनार सुक्न थालेपछि बर्दिवासबासी काकाकुल

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
pond-inar.jpg.jpeg
बर्दिवास। बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ। नगरपालिकाको किसाननगरमा इनार धमाधम सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको हो। सर्वसाधारण यसको कारण खोतल्दै चुरे संरक्षण गर्नुपर्ने टुङ्गोमा पुगेका छन्। किसाननगरका मनहरीपुर, कृष्णपुर, फूलबारीटोल, चौलिखा, प्रेमनगरसहितका बस्तीमा खानेपानीका स्रोत सुक्न थालेपछि स्थानीयबासिन्दा चुरे क्षेत्रको लगातारको उत्खनन, वनसम्पदाको चोरी निकासी र संरक्षण नपाएका जलाधार तथा सीमसार क्षेत्रबारे चासो देखाउन थालेका छन्।
 
“हामीले बल्ल चुरे विनासले पानीका मुहान सुकेका थाहा पायौँ,” स्थानीय सुजोतियादेवी पञ्जियारले भने। पानीको मुहान सुक्न नदिन चुरे संरक्षण र वन विनास नियन्त्रणमा लाग्नुपर्ने उनी बताउदछन्। 
 
सडक, खानेपानी, विद्युत् र शिक्षासहितका पूर्वाधारको समुचित प्रबन्ध बिना बर्दिवास नगरपालिकामा गाभिएको किसाननगरमा अहिले खानेपानीको अभावले यहाँका बासिन्दा काकाकुल अवस्थामा छन्।
 
चुरे दोहन र वन विनासका कारण पानीका मुहान सुक्दै गएको थाहापाएपछि यहाँका बासिन्दा सङ्गठित रुपमै चुरे संरक्षणमा लागेका छन्। वन अतिक्रमण, रुख कटान र चुरे क्षेत्रका वनसम्पदाको दोहन राजनीतिक संरक्षणमा भइरहेकाले त्यसतर्फ राजनीतिक दलको सहयोग आवश्यक भएको स्थानीय धनबहादुर स्याङ्वाको भनाइ छ।
 
नगरपालिकाका गणन्ता, ढुङ्ग्रे, बरडाँडा, टुटेश्वर र भब्सी तथा हात्तीलेट, बिजलपुरा, पशुपतिनगर र भङ्गाहा गाविसका बस्तीमा खानेपानीका स्रोत धमाधम सुक्दै गएका छन्। बर्दिवास नगरपालिकाको मुख्य बजार, हटिया र चोक क्षेत्रमा भण्डारण केन्द्रमा पानीको कमी भएपछि धारामा पानी आउन छाडेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ