arrow

अन्तराष्ट्रिय फोरमहरुमा पाएको सफलतासगै अपाङगता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्ट्रिकोणमा परिर्वतन

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
IMG_8098.JPG.jpeg

काठमाडौ । भारतको नयाँदिल्लीमा  १०-१२ अप्रिल २०१६ सम्पन्न भएको एशिया प्यासिफिकको सम्मेलनबाट अपांगता भएका ब्यक्तिहरुको बिश्व परिषद (डिपिआई) को नबौ सम्मेलनबाट कार्यसमितिको कोषाध्यक्षमा सुर्दशन सुवेदी निर्वाचित भएसगै अपाङता भएको ब्यक्तिहरुको अन्तराष्ट्रिय फोरमहरुमा समेत नेपाललाई हेर्ने दृष्टिकोणमा फरक देखिएको बताइएको छ ।

२०५३ सालमा राष्ट्रिय अपाङ्ग महासंघले अन्तर्राष्ट्रिय जनपरिषदको सदस्यता प्राप्त गर्यो । भने सदस्यता प्राप्तिसंगै महासंघले २०५५ सालमा सो संस्थाको दक्षिण एशियाको अध्यक्ष र एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षको रुपमा तत्कालिन अध्यक्ष स्वर्गिय मुनिश्वर पाण्डेले पहिलोपटक नेतृत्व गर्ने अवसर नेपालले प्रात्त गर्यो । यसको निरन्तरताको रुपमा स्वर्गिय मुनिश्वर पाण्डेको कार्यकाल पश्चात तत्कालिन अध्यक्ष बिरेन्द्रराज पोखरेलको कार्यकालमा सोही पदमा निरन्तरता नेपाललाई पाएको थियो ।

नेपाली अपांगता अभियानले नेपालमा मात्र नभएर अब अन्तराष्ट्रिय स्तरमा समेत पहुँच स्थापित गर्दै नेतृत्व गर्न सफल भएको छ । यस उपलव्धीले नेपाली अपाङ्गता भएका ब्यक्तिहरुका सवाल र समस्याहरुलाई अन्तराष्ट्रिय मंचमा लैजान ठुलो अवसर मिलेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुदर्शन सुवेदीले बताए ।

देश भित्र भएका कतिपय मुद्दाहरुमा सकृय सहभागि भइरहँदा अपाङगता भएका ब्यतिहरुलाई सामाजिक रुपमा हेरिने दृष्ट्रिकोणमा समेत बिस्तारै सकारात्मक परिर्वतन देखिन थालेको बताइएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ