arrow

काँग्रेस निकट महिला संघको महाधिवेशन भदौ २९ बाट

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
congress-woman.JPG.jpeg
काठमाडौ। लामो समयदेखि अधिवेशन हुन नसकेर तदर्थ समितिमार्फत सञ्चालन हुँदै आएको नेपाली काग्रेसको भातृ संगठन नेपाल महिला संघको चौथो राष्ट्रिय अधिवेशन आगामि भदौ २९ गतेबाट हुने भएको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले अधवेशन भदौ  २९, ३० र ३१ गतेसम्म तीन दिन राजधानीमा गर्ने निर्णय गरेको हो।
 
बुधवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष डा. डिला संग्रौलाले अहिलेसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न भईसकेको र बाँकी ११ जिल्लामा जेठ १२ गते भित्र सम्पन्न गरेर भदौमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिईन। 
 
उनले विगतमा पनि अधिवेशनको तयारी गरिएकोमा मुलुकको अवस्था, राजनीतिक आरोह अवरोह र माउ पार्टी नेपाली काग्रेसको महाधिवेशनको कारण सम्पन्न गर्न नसकिएको भन्दै यस पटक पूर्ण तयारी गरेर अधिवेशनको मिति तोकिएकोले तोकिएकै समयमा सम्पन्न गर्ने दृढता ब्यक्त गरिन। उनले आगामि अधिवेशन एकताको अधिवेशन हुने भन्दै जिल्ला अधिवेशनहरु पनि सोही उद्देश्यसहित गरिएको दावी गरिन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ