arrow

हामी चुट्कीको भरमा सरकार ढाल्न सक्छौः केसी

काग्रेससँग सरकार ढाल्ने ल्याकत छैनः सचिव आचार्य

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
arjun_narsingh_kc.png.png
काठमाडौ। नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली काग्रेससँग चुट्कीको भरमा बर्तमान सरकार ढाल्ने क्षमता भएको दावी गरेका छन । यद्यपि अहिले सरकार ढालेर मात्रै समस्या समाधान नहुने भएकोले काग्रेसको त्यस्तो कुनै एजेण्डा नरहेको स्पष्ट पारे। 
 
बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भुकम्पपछिको पुनःनिर्माण, मधेस समस्याको समाधान, कालबजारी, तस्करी सरकारको गतिविधीको विषयमा आफूहरु सन्तुष्ट नभएको स्पष्ट पार्दै अब यस विषयलाई लिएर काग्रेस संसद र सडक आन्दोलनमा उत्रने चेतावनी दिए। 
 
साक्षात्कारमा उनले भने,‘ सरकारको कामसँग हामी सन्तुष्ट छैनौ। मुलुकको समस्यामा छलफल गर्न तत्काल संसद बोलाउनु पर्छ। सरकार गंभिर नभउ हामी संसद चल्न नदिने मात्रै होईन, सडक आन्दोलनमा जाने सम्मको मनस्थितिमा छौ। सरकार कुनै पनि विषयमा गंभिर नभएकोले केन्द्रीय समितिको बैठक बसेर हामी कुन हदसम्म जानु पर्ने हो जान्छौ।’
 
केसीले सुनवाई समिति नभएको अवस्थामा सरकारले एकतर्फी रुपमा राजदुत नियूक्तीको सिफारिस गरेको प्रति आफूहरुको आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिए।
 
मुलुकको राष्ट्रिय एकता कायम गर्ने गरी मधेसको समस्या समाधान गर्ने तर्फ सोच्नु पर्नेमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग समेत नगरेर सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै लामो समय बादविवादमा मात्रै अल्झिदा मुलुकको क्षेत्रीय र जातीय सद्भाव खलबलिने खतरा औल्याए। 
 
उनले भने,‘मैले पहिला पनि भनेको थिए। मधेसलाई बाईपास गरेर गरेर संविधान जारी नगरौ। केही दिन पर्खियौ भनेको थिए। तर प्रमुख दलका शिर्ष नेताहरु कसैले सुनेन र अहिले यो स्थिति आयो। 
अब पनि राष्ट्रिय समस्या समाधानमा दलहरु विभाजित हुनु हुँदैन। सबै दल मिलेर समाधान खोज्नु पर्छ। त्यसकोलागि सरकारले संयोजनकारी भूमिका खेल्नु पर्छ। जुन आजसम्म खेल्न सकेको छैन।’
 
सरकारमा सहभागिताको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा केसीले आफूहरुले सभामुख र उपसभामुखलाई सर्वसम्मत गराउन प्रयास गर्दा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि त्यस्तै गरेको भए सरकारको सहभागिता हुने स्थिति बन्ने थियो भन्दै अहिले सरकारमा काग्रेस सहभागि हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे। 
 
नेकपा एमालेका सचिव भीम आचार्यले नेपाली काग्रेसले भन्दैमा वा कोशिस गर्दैमा यो सरकार नढल्ने दावी गर्दै सरकार ढाल्ने ल्याकत काग्रेससँग नभएको बताए। 
 
उनले भुकम्पपछिको पुनःनिर्माण, संविधानको कार्यान्वयन गर्नु पर्ने बेलामा सरकार फेर्न लागे काग्रेस संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेको पुष्टि हुने भन्दै यो बेलामा कोही पनि पक्ष प्रतिपक्ष हुन नहुने बताए।
 
उनले भने,‘ नेपाली काग्रेस बचन र अडानमा पक्का भएको पार्टी होस पहिला भएको भद्र सहमति अनुसार सरकारमा आउनु पर्दथ्यो।’
 
आचार्यले मधेसी दलहरुले संगठनलाई ब्यूताईरहन विजनेशकोलागि मात्रै आन्दोलन गरिरहेको दावी गर्दै उनीहरुले मागे जस्तो मधेसमा दुई प्रदेश सम्भव नरहेको बताए।
 
उनले भने,‘ मधेसमा दुई प्रदेश हुँदैन भन्ने तीन दलको बटमलाईन हो। संघर्ष र आन्दोलन गर्दैमा संविधान परिवर्तन हुँदैन। कि निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएर गर्नसक्नु पर्यो कि बार्ता र संबादबाट गर्नु पर्यो।’ आचार्यले थपे,‘सुनसरी, मोरङ, झापाका जनता दुई नम्बर प्रदेशमा जान मान्दैनन। 
त्यो सम्भव पनि छैन।  कैलाली र कञ्चनपुरमा पनि त्यस्तै छ। कसैले माग्दैमा ९० प्रतिसत जनताको भावना विपरित जान सकिदैन। राज्य पुर्नसंरचना आयोग र समिति फेज आउट भईसक्यो। सार्वभौम संविधानसभाले उनीहरुको सुझाव लिएर आफुनो निर्णय गरिसक्यो।’
 
उनले पूर्ण रुपमा सहमति नहुने विन्दुमा पुगेपछि लोकतान्त्रिक विधीबाट संविधान जारी गरिएको दावी समेत गरे।
 
आचार्यले भुकम्पपछिको पुनःनिर्माणमा ढिलाई भएको र अब यसले रफ्तार लिने विश्वास ब्यक्त गर्दै पुनःनिर्माणमा जनतालाई नै जिम्मेवार बनाउने गरी रकम दिनु पर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ