arrow

जग्गा धनी प्रमाणपत्र लिन झण्डै २५ सय आवेदन

logo
राजन परियार,
प्रकाशित २०७३ वैशाख ८ बुधबार
lalpurja_jagga.jpg.jpeg
सिन्धुली । जिल्लाका जग्गा धनी प्रमाण  पुर्जा विहिन २ हजार ३ सय ३९ व्यक्तिले जग्गा दर्ताका लागी आवेदन दिएको नापी कार्यालय सिन्धुलीले जनाएको छ । २०२८ सालमा नापी हुँदा बस्तीका कारण नापी नभएका गाउँबल्कका जग्गाहरु नापी गरी पुर्जा वितरण गर्ने कार्य सरकारले विगत ३ वर्ष देखी सुरु गरेको थियो । जिल्लामा उक्त कार्यले चालु आर्थिक वर्षमा तिब्रता पाएको छ । 
 
गाउँबल्कमा रहेका जग्गा उपभोग गर्ने स्थानीयहरुबाट प्राप्त निवेदनहरुको छानविन गरी पुर्जा वितरण गर्ने कार्यको तयारी भइरहेको नापी अधिकृत छत्र बहादुर लुंगेलीले बताए । उनीहरुलाई गाउँबल्कमा भएका जग्गाहरुको जग्गाधनी पुर्जा वितरण गर्ने सरकारको कार्यविधी अनुसार जग्गाधनी प्रमाण–पत्र वितरण हुने छ । 
 
कार्यालयले यस आर्थिक वर्षमा भुवनेश्वरी गाविसका ३६ जना र जलकन्या गाविसका ३४ जनालाई जग्गाधनी प्रमाण–पत्र वितरण गर्ने छ भने हत्पते गाविसमा पनि पुर्जा वितरण प्रक्रियालाई अगाडि बढाएको छ । जिल्लामा ३१ वटा गाविसमा १३२ हेक्टर जमिन गाउँबल्कमा रहेको मध्ये १३० हेक्टर जमिनको नापी कार्य सम्पनन् गरि सकिएको अधिकृत लुंगेलीले जानकारी दिए । जग्गा दर्ताका लागी १९ वटा गाविसबाट आवेदन परेको र सवैभन्दा बढी दुधौली नगरपालिका क्षेत्रका स्थानीयहरुले जग्गा दर्ताको लागी आवेदन दिएको बताइएको छ । 
 
भुकम्पबाट प्रभावित स्थानीयहरुलाई पुर्न्निर्माण अनुदान प्राप्त गर्न जग्गाधनी प्रमाण–पत्र अनिवार्य आवश्यक पर्ने भएका कारण पनि कार्यालयले तदारुकताको साथ गाउँबल्कको जग्गा नापी र दर्ता प्रक्रियालाई अगाडि बढाएको कार्यालय प्रमुख लुंगेलीले बताए । लामो समय देखी जग्गाधनी प्रमाण–पत्र विहिन बनेर बसेका स्थानीयहरु पुर्जा पाउने भएपछि भने खुसी देखिएका छन ।
 
लालपुर्जा वितरणको तयारी पुरा भएको गाविस भुवनेश्वरीका एक स्थानीयले भने, ‘वर्षौ भयो उपभोग गरेर बसेको तर पुर्जा थिएन, पुर्जा दिने भएपछि खुसी लागेको छ ।’ उनले थपे, ‘भुकम्पले घर भत्काएको थियो, अनुदान लिएर घर बनाउन लालपुर्जा चाहिन्छ भन्ने हल्ला सुनेको थिएँ, तर लालपुर्जा नै थिएन, अब लालपुर्जा पाउने भएपछि ढुक्क भएको छु ।’ 
 
उनीजस्तै जिल्लाका हजारौ लालपुर्जा विहिन गाउँबल्कका जग्गामा घर बनाएर बसीरहेकाहरु लालपुर्जा पाउने भएपछि ढुक्क भएका छन ।पुर्र्निनर्माणको अभियान सुरु हुनुभन्दा अगाडि नै लालपुर्जा वितरण गर्ने व्यवस्था कार्यालयले मिलाइदिए आफुहरु समस्याबाट मुक्त हुने पुर्जा विहिनहरुको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ